त्रिपुरा सुन्दरी मन्दिर

त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको दशरचन्द नगरपालिका वडा नं. ८ त्रिपुरासुन्दरीमा रहेको छ । स्थानिय ब्यक्तिहरुले उल्लेख गरे अनुसार यो मन्दिर १४/१५औ शताब्दी तिर स्थापना भएको हो । यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडीबाट पश्चिम दिशामा पर्दछ र त्यहाँबाट करिब ३कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १०–२० मिनट र पैदल १ घण्टा भन्दा कम समय लाग्दछ । यहाँ पुग्ने सडक बाटोको प्रकृति पिच छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो गोठाला पानी हुँदै सुन्दर खाली त्रिपुरासुन्दरी हो । यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो गोठालापानीबाट चमलेक हुदै त्रिपुरासुन्दरी रहेको छ । यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो छैन । यस जिल्लाको सदरमुकाम पुग्न कैलालि जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुँदै १०घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया मध्यम किसिमको रमणीय छ । यो धार्मिक स्थल त्रिपुरासुन्दरी भगवतीको लागि प्रसिद्ध छ । बैतडी जिल्लाको प्रमुख धार्मिक स्थल भएकाले यहाँ तीर्थालु तथा भक्तजनको घुँइचो हुने गर्छ । यहाँ दर्शन गरे पछि मनले सोचको पूरा हुने, सुख शान्ति प्राप्त हुने जन विश्वाश छ । यस स्थानमा आषाढ शुक्ल अस्टमी र नवमी मा त्यस्तै आश्विन महिनाको नव रात्री र दशमीमा जात्रा लाग्दछ । आषाढ शुक्ल अस्टमी र नवमी मा भगवतीको पूजा गरी ठूलो पर्वको रुपमा आषाढी जात्रा मनाइन्छ । आश्विन नवरात्रीमा, दशमीमा हुने प्रत्येक जात्रामा भगवतीको ‘भणार जात्रा’ हुन्छ र सो जात्रामा कापडी गाउँको मन्दिरबाट ‘डोटीमा’प्याउलो अर्थात भगवतीको स्वर्ण प्रतिमा राखी मन्दिरको देवलमा ल्याइन्छ । मानिसहरुले यस स्थानको आषाढको मेला र आश्विनको नवरात्रीमेलामा बढी भ्रमण गर्दछन् । यहाँ दैनिक ३० –४० जना र मेला पर्वमा २०–२५ हजार मानिसहरु भेला हुन्छन । यस स्थलमा बार्षिक सरदर ५०–६० हजार मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु प्राय बैतडी जिल्ला र छिमेकी जिल्लाका साथै भारतबाट पनि आउने गर्छन । यस मन्दिरको खास विशेषता भनेको मन्दिरको भित्ताको खोपामा सिहंवाहिनी त्रिपुरासुन्दरीको शिला मुर्ति रहेको, मन्दिरको प्राङगणमा स्तम्भ माथि चामुण्डा र वराहको मुर्तिहरु रहेका हुन । बराहाले पृथ्वीदेवीलाई उठाएर उद्धार गरिरहेको वराहको मुर्ति १४/१५ औ शताब्दी तिरको मानिएको छ । यस मन्दिरमा पुजारी बाहेक अरुलाई प्रवेश निषेध छ ।