मालिकार्जुन मन्दिर

मालिकार्जुन मन्दिर दार्चुला जिल्लाको मालिकार्जुन गा.वि.स. वडा नं. ४ मालिकार्जुन टोलमा पर्दछ । स्थानिय जानकारहरुले बताए अनुसार यसको स्थापना करिब २००० वर्ष अगाडी भएको हो । यो स्थल दार्चुला जिल्लाको सदरमुकाम दार्चुला बजार बाट पूर्वदिशामा पर्दछ । र त्यहाँबाट ५२ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट ३ घण्टा र पैदल ६–७ घण्टा समय लाग्दछ । यस स्थलमा पुग्ने सडक बाटोको प्रकृति कच्चि रहेको छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो सदरमुकाम–धाप– नावलीपानी–कासडी खोला हुँदै मालिका अर्जुन मन्दिर हो । यस थानमा आउन सकिने बैकल्पिक बाटो दतु–धाँप्ला हुँदै भगवतीबाट मालिकाअर्जुन रहेको छ । यो बाहेक यस स्थानमा आउन सकिने अन्य बेकल्पिक बाटो छैन । यस जिल्लाको सदरमुकाम पुग्न कैलालि जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुदै १६ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ।

यो धार्मिक स्थल शिवजीका द्धादश (१२) लिङ्ग मध्ये ज्योतिष लिङ्ग भएको ठाउँको कारणले प्रसिद्ध छ । चिताएको मनोकांक्षा पुरा हुने र पुरानो तथा ऐतिहासिक मन्दिर भएको कारणले मानिसहरु यसको भ्रमणमा आउँछन् । यो स्थान मालिकार्जुन मन्दिर जात्राको लागि पनि प्रसिद्ध छ । यो जात्रा आषाढ र कात्तिक महिनाको पुर्णिमा तिथिमा लाग्दछ । यस जात्रामा देउडा खेल खेल्ने, झोडा गाउने र ४०–५० ठाउँबाट दर्जीहरु आउने र रात भर बाजा बजाउने गर्दछन र विहान ६ बजे धुप दियो गर्ने चलन छ । उक्त समयमा करिव दैनिक २०–२५ जना र जात्रामा ५० हजार जना मानिस यहां भेला हुन्छन । यस स्थलमा बार्षिक सरदर १ लाख मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु दार्चुला तथा छिमेकी जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउँछन । मन्दिरमा शिवलिङ्ग–शिवमूर्ति र मालिकार्जुनका सहायक वालीचन्द्रको मूर्ति रहेका छन् र यस मन्दिरको गजुर ५ फिट अग्लो छ