अमरगढी किल्ला

अमरगढी किल्ला डडेल्धुरा जिल्लाको अमरगढी न.पा. वडा नं. ५ अमरगढी टोलमा पर्दछ । यो स्थल डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढीमा पर्दछ । बागबजार–तुफान डाँडा– किर्तिपुर हुँदै अमरगढी किल्ला पुगिन्छ । अमरगढी पुग्न कैलालि जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुदै ५ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ । यो स्थल एक एतिहासिक किल्ला हो र यस किल्ला भित्र रहेको काल भैरवको मन्दिरको लागि समेत यो किल्ला प्रसिद्ध छ । यहाँ किल्लाको अवलोकन गर्न र काल भैरव मन्दिरको दर्शन गर्न मानिसहरु आउँदछन् । बार्षिक सरदर १०,००० मानिसहरुले यस किल्लाको भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु नेपालका सबै जसो जिल्लाहरु, भारत र अन्य मुलुकहरुबाट यस स्थानमा आउँदछन । यस स्थलकोको खास विशेषताहरु ठुला ठुला चट्टानहरु मिलाएर यो किल्ला निर्माण भएको, किल्लाको भित्र काल भैरवको मन्दिर भएको र किल्लामा अमरसिंह थापाको श्रीमती (रानी) नुहाउनजाने सुरुङ्ग रहेको हुन ।