दिपायल कोट, कोट भैरव मन्दिर डोटी जिल्ला सिलगढी दिपायल नगर पालिका वडा नं.१० दिपायल बजारको नजिक रहेको छ । जनश्रुती अनुसार यो मन्दिर वि.सं १४४४ भन्दा अगाडि स्थापना भएको मानिन्छ । यो स्थल डोटि जिल्लाको सदरमुकाम सिलगढी वजारबाट पश्चिम दिशामा पर्दछ र त्यहाँबाट उत्तर पूर्व दिशाको द्धारी खोला पुल पारी डाँडामा अवस्थित छ । यो दिपायल बजार १०.कि.मि. टाढा छ । जिल्ला सदरमुकाम सिलगढी बाट यहाँ आउँदा गाडीबाट ओरालो बाटो हुँदै करिव ३० मी. समयमा द्धारी खोला पुगिन्छ र यो खोलाको फेद बाट २० कि. मी सिढीको उकालो चढेर डाडाँको मन्दिरमा पुगिन्छ । यो सडकको बाटोको प्रकृति पिच छ । सिलगढी देखि छारी पुल सम्म सबै पिच छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो सिलगढी, लेखठाडा, पुत्रा, बागठाँटा हुँदै छारी खोलाको पुल र त्यस पछि सिढिको उकालो चढी मन्दिर रहेको छ । यस स्थानमा आउन सकिने अन्य बेकल्पिक बाटो यस प्रकार छ । सिलगढी पन्ना बागमारे हुँदै छारी खोलाको पुल त्यस पछि सिढिको ठाडो उकालो चढी माथि मन्दिर पुग्न सकिन्छ । यस स्थानमा आउन सकिने अन्य बेकल्पिक बाटो छैन । यस स्थलमा पुग्न कैलालि जिल्लाको अतरियाबाट स्याउले सम्म महाकाली राजमार्ग र स्याउने देखि सेती राजमाग हुँदै छ घण्टा जति लाग्छ । यो बाटोको कृ्ल लम्बाई १८३ कि.मी. रहेको छ । यहाँको मौसम सामान्यतया रमणिय छ । अति गर्मी अति जाडो नहुने ठिक्कको मौसम छ । यो धार्मिक स्थल भैरवको लागि प्रसिद्ध छ । यहाँ डोट्याली राजाको दरबार भएकोले पुरात्तारितक अवलोकन गर्न र कोट भैरवको मन्दिर नजिकै दिलिपेश्वर र दुधेश्वर महादेव रहेकोले पुजा पाठ गर्न पर्यटकहरु आउँछन् । यो स्थानमा खास जात्रा लाग्ने गर्दैन । मानिसहरुले असोज महिनाको अष्टमी तिथीमा यस स्थानको बढी भ्रमण गर्दछनन् । उक्त समयमा यहाँ करिव ८०० –९०० जना मानिस जम्मां हुन्छन् । यस स्थलमा बार्षिक सरदर २५०० जना मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु विशेषगरी डडेलधुरा, अछाम, बाजुरा, बझाङ्ग, कैलालीबाट आउँदछन् ।
यो स्थल प्राचीन किल्ला र कोट हो र यहाँ भएको भैरवको मूर्तिलाई चारैतिरबाट ५/६ फिट अग्लो पर्खाल घेरिएको र यसको छानो भने नहुनु नै यस स्थलको मूख्य विशेषताको रुपमा रहेको छ । यो डेटयाली राजाको कुलदेवता भएकोले युद्ध गर्न जानु अघि यहाँ स्थित भैरवको पुजाआजा गरी युद्धमा गएमा विजय प्राप्त हुन्थ्यो भन्ने भनाई रहेको छ साथै कोट भैरवबाट तल डाँडा भित्र भित्रै द्धारी खोलासम्म जाने सुरुङ मार्ग रहेको छ भन्ने स्थानियको भनाई छ तर बाटो भने देखिएको छैन् ।