उद्देश्य, ध्येय र लक्ष्य

उद्देश्य
यस आयोगको गठनको उद्देश्य सुदूरपश्चिम क्षेत्रको सर्वाङ्गीण एवं दिगो विकासका लागि आवश्यक विकास नीति एवं योजनाहरु तर्जुमा गर्ने तथा सो को कार्यान्वयनमा प्रमुख भूमिका खेल्ने साथै मुलुकको समग्र विकासको आवधिक योजना अनुरुप सुदूरपश्चिम क्षेत्रको विकास लक्ष्य र प्राथमिकता निर्धारण गरी यस क्षेत्रको समग्र विकासको सम्भावना र अवसरहरुको पहिचान गरि तदनुरुपको योजना तर्जूमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन तथा आवश्यक समन्वय गर्ने रहेको छ ।

ध्येय 
सुदूरपश्चिम क्षेत्रमा रहेका विकासका अवसर र सम्भावनाहरुको पहिचान गरि उपलब्ध श्रोत साधनहरुको सन्तुलित रुपमा अधिकतम परिचालनबाट यस क्षेत्रलाई समग्र राष्ट्रिय विकास प्रवाहको समान स्तरमा पुर्याई सामाजिक, आर्थिक एवं मानविय विकासको दृष्टिले आत्मनिर्भर, गतिशिल तथा विकासोन्मुख क्षेत्रको रुपमा स्थापित गर्ने ।
लक्ष्य 
क्षेत्रमा विद्यमान गरीबी, पछौटेपन र विकासका बाधा अवरोधहरुलाई हटाउँदै प्राप्त अवसर र संभावनाहरुको महत्तम उपयोगद्वारा २०२२ सम्ममा बिकासको राष्ट्रिय स्तरमा पुर्याई २०३० सम्ममा “सुन्दर सुदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम” बनाउने ।