संस्थागत संरचना

यस आयोगको कार्य संचालनको लागि सुदूरपश्चिम विकास परिषद, सुदूरपश्चिम विकास आयोग, सुदूरपश्चिम विकास आयोगको सचिवालय गरि ३ तहको संगठनिक संरचना तयार गरिएको छ ।

) सुदूरपश्चिम विकास परिषद

आयोगको नीतिगत मार्गदर्शनको लागी सुदूरपश्चिम विकास परिषदको व्यवस्था गरिएको छ । यसले आयोगको दीर्घकालीन नीति, योजनाहरुको स्वीकृति प्रदान गर्ने, समग्र सुदूरपश्चिम क्षेत्रको सर्वाङ्गीण बिकासको लागि आवश्यक राय, सुझाव, परामर्श दिने  कार्य गर्दछ र यसको गठन देहाय अनुसार हुने गर्दछ ।

क्र.स  श्रेणी पद
(क) प्रधानमन्त्री अध्यक्ष
(ख) सबै विभागीय म्नत्री वा राज्यम्नत्री सदस्य
(ग) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु सदस्य
(घ)  आयोगको अध्यक्ष सदस्य
(ङ)  सुदूर पश्चिम क्षेत्रबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सदस्यहरु सदस्य
(च)  मुख्यसचिव, नेपाल सरकार  सदस्य
(छ) राष्ट्रिय योजना आयोगका सदस्यहरु सदस्य
(ज)  गभर्नर, नेपाल राष्ट्र बैंक सदस्य
झ)  सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिपषद्को कार्यालय सदस्य
(ञ) सचिव, अर्थ मन्त्रालय सदस्य
(ट) सचिव, उद्योग मन्त्रालय सदस्य
(ठ)  सचिव, ऊर्जा मन्त्रालय सदस्य
(ड)  सचिव, कृषि विकास मन्त्रालय सदस्य
(ढ)  सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सदस्य
(ण)  सचिव, वन तथा भू–संरक्षण मन्त्रालय सदस्य
(त)  सचिव, जनसंख्या तथा वातावरण मन्त्रालय सदस्य
(थ)  सचिव, शिक्षा मन्त्रालय सदस्य
(ध)  सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय सदस्य
(न)  सचिव, सहकारी तथा गरिबी निवारण मन्त्रालय सदस्य
(प)  सचिव, सहरी विकास मन्त्रालय सदस्य
(फ)  सचिव, सिँचाई मन्त्रालय सदस्य
(ब) सचिव, सूचना तथा सञ्चार मन्त्रालय सदस्य
(भ)  सचिव, स्वास्थ्य मन्त्रालय सदस्य
(म)  सचिव, पशुपंक्षी विकास मन्त्रालय सदस्य
(य)  सचिव, खानेपानी तथा सरसफाई मन्त्रालय सदस्य
(र)  सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय सदस्य
(ल) विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी सुदूर पश्चिम विकासमा योगदान पुर्याएका व्यक्तिहरुमध्येबाट कम्तिमा तीन महिला सहित आयोगद्धारा मनोनित १०जना सदस्य
(व) कार्यकारी निर्देशक सदस्यसचिव

) सुदूरपश्चिम विकास आयोग

तोकिएको लक्ष्य तथा उद्देश्य प्राप्त गर्न आवश्यक नीति, कार्यक्रम तर्जुमा गर्न, कार्यक्रम संचालन गर्न यस आयोगको व्यवस्था गरिएको छ । यस आयोगको गठन देहाय बमोजिम भएको छ ।

क्र.स  श्रेणी  पद
राष्ट्रिय योजना आयोगक सदस्यहरु मध्येबाट नेपाल सरकारले तोकेको ब्यक्ती अध्यक्ष

सुदुरपश्चिम क्षेत्रका स्थायी बसिन्दा मध्ये बाट मनोनित – सदस्य ५

(सदस्यहरुको विवरण अनुसूचिमा समावेश गरिएकोछ ।) सचिव, अर्थ मन्त्रालय

सदस्य

सुदुरपश्चिम क्षेत्रका स्थायी बसिन्दा मध्ये बाट मनोनित – सदस्य ५

(सदस्यहरुको विवरण अनुसूचिमा समावेश गरिएकोछ ।) सचिव, अर्थ मन्त्रालय

सदस्य

सुदुरपश्चिम क्षेत्रका स्थायी बसिन्दा मध्ये बाट मनोनित – सदस्य ५

(सदस्यहरुको विवरण अनुसूचिमा समावेश गरिएकोछ ।) सचिव, अर्थ मन्त्रालय

सदस्य
प्रतिनिधि, गरिबी निवारण कोष सदस्य
कार्यकारी निर्देशक सदस्यसचिव

) सुदूरपश्चिम विकास आयोगको सचिवालय 

आयोगको कार्य संचालन तथा कर्यान्वयनमा सहयोग पुर्याउन, आयोगको दैनिक प्रशानिक कार्य संचालन गर्न आयोगको सचिवालयको व्यवस्था गरिएको छ । नेपाल निजामती सेवाको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृतको नेतृत्वमा आयोगको सचिवालयको लागि देहाय बमोजिम व्यवस्था गरिएको छ । (सचिवालयमा कार्यरत कर्मचारीहरको विवरण अनुसूचिमा समावेश गरिएकोछ ।)

क्र.स पद श्रेणीरसेवा र समुह दरबन्दी संख्या पदपूर्ति  रिक्त
 कार्यकारी निर्देशक कम्तिमा रा.प.प्रथम
उप–सचिव रा.प.द्वितिय
शाखा अधिकृत रा.प.तृ.  १
नायब सुब्बा रा.प.अन.प्रथम  १
लेखापाल रा.प.अन.प्रथम, प्रशासन, लेखा
कम्प्यूटर अपरेटर रा.प.अन.प्रथम, प्रशासन, सा.प्र
खरिदार रा.प.अन.द्वितिय
हलुका सवारी चालक श्रेणी बिहीन
कार्यालय सहयोगी श्रेणी बिहीन
जम्मा २१ १४

आयोगको सचिवालयको लागि उल्लेखित कर्मचारीको व्यवस्था सामान्य प्रशासन मन्त्रालयले गर्ने गरेको छ । यसको लागि प्रत्येक बर्ष श्रावण महिनाको पहिलो हप्तामा दरबन्दी समितिको बैठकबाट अस्थाई रूपमा दरबन्दी स्वीकृत गरी विभिन्न निकायमा हाल कार्यरत कर्मचारीहरु मध्येबाट लामो अवधिको काजमा कर्मचारी खटाउने व्यवस्था गरेको छ  ।