अजयमेरु कोट

अजयमेरु कोट डडेल्धुरा जिल्लाको अजयमेरु नगरपालिका वडा नं. ७ अजयमेरु टोलमा अवस्थित छ । स्थानिय बासिन्दाहरुको भनाई अनुसार यस कोटको स्थापना अजयपाल राजाबाट १५औं शताब्दीतिर भएको हो । यो स्थल डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी बाट पश्चिमदिशामा पर्दछ र यहाँबाट १७ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट जम्मा १ घण्टा र पैदल ३ घण्टा समय लाग्दछ । यस स्थलमा पुग्न सडक बाटोको प्रकृति उग्रतारा सम्म ५ कि.मि. पिच र अरु ग्राभेल रहेको छ । अमरगढी बाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो उग्रतारा–मेलैली सडक–अमरगढी नगरपालिका– समैची गा.वि.स.हँुदै अजयमेरु कोट हो । यस स्थानमा पुग्न सकिने अर्को बैकल्पिक बाटो कीर्तिपुर – भलिया हुँदै अजयमेरु कोट को बाटो हो । यो बाटो निर्माणाधिन छ । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुदै ५ घण्टा समय लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ ।

 

यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनको लागि प्रसिद्ध छ । यस दरबारको अवलोकनगर्न, प्राय पर्यटकहरु बैशाख,जेठ महिनामा आउँदछन् । त्यसै गरी यहाँ पुरातात्विक उत्खनन र अध्ययनको लागि पनि विज्ञहरु आउँदछन् । उक्त कार्यमा करिव दैनिक २०–२५ जना मानिस यहां उपस्थित हुन्छन । यस स्थलमाबार्षिक सरदर ८–९ हजारमानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु नेपालको ७५ जिल्लाहरु र भारतबाट समेत आउँदछन् । यस कोटको खास विशेषताहरु मध्ये विशाल चट्टान माथि करिव ५ रापनीको थुंकोमा रहेको किल्लाको अवशेष तिनतिर मजारगाड (खोला) ले घेरिएको मध्यकालीन किल्लावास्तु कलाको महत्वपुर्ण रुप हुन् ।