उकुको भग्नावशेष

उकुको भग्नावशेष दार्चुला जिल्ला उकु गा.वि.स.वडा नं. ४ मा रहेको छ । स्थानिय बुढापाकाहरुको भनाई अनुसार यो भग्नावशेष २५०० वर्ष अगाडी निर्माण भएको हो । यो स्थल दार्चुला जिल्लाको सदरमुकाम दार्चुला बजार बाट दक्षिण दिशामा पर्दछ । र त्यहाँबाट २३ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट ३ घण्टा र पैदल ८ घण्टा समय लाग्दछ । यस स्थलमा पुग्ने सडक बाटोको प्रकृति वेदसम्म पिच त्यस पछि ग्राभेल छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो सरदरमुकाम–ग्लेक–धाप–दत्त–वेद–जोलजीवीे–उकु हो । यस स्थानमा आउन सकिने अन्य बैकल्पिक बाटो भारत–धार्चुला–बालुवाकोट–जौलजीवी–पुलपारी– जोलजीवी–उकु रहेको छ । यस स्थानमा आउन सकिने अन्य बेकल्पिक बाटो छैन । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुदै २० घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया गर्मी छ । यो धार्मिक स्थल शिवदेवताको लागि प्रसिद्ध छ । यस स्थानमा कुनै पनि जात्रा लाग्दैन । केवल भग्नावशेष अवलोकनको लागि मात्र पर्यटकहरु आउँदछन् । मानिसहरुले कार्तिक/मंसिर महिनामा यसठाउँको बढी भ्रमण गर्दछन् । उक्त समयमा करिव दैनिक २०–३० जना मानिस यहां हुन्छन । यस स्थलमा बार्षिक सरदर १००००–१५००० हजार जना मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु छिमेकी जिल्ला सहित नेपालका सबै जसो जिल्लाबाट र भारतबाट समेत आउछन् । यस स्थलको खास विशेषताहरु देवी देवताको मूर्ति रहेको, शिलालेख भएको राधाको मूर्ति भएको रेलमार्ग भएको (ट्रयाक भएको) हुन ।