चैनपुर दरवार

चैनपुर दरवार, बझाङ्ग जिल्ला, चैनपुर नगरपालिका वडा नं. ८, चैनपुर टोलमा अवस्थित छ । स्थानिय जानकार व्यक्तिहरुले बताए अनुसार यसको स्थापना १८१२ वि.स. मा भएको हो । यसलाई भोपुर दरवार पनि भनिन्छ । यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुर बजारबाट उत्तर तर्फ रहेको छ र त्यहाँबाट ३ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १० मिनेट र पैदल मार्गबाट ३० मिनेट समय लाग्दछ । यस स्थलमा पुग्ने सडक बाटोको र प्रकृति पिच ग्राभेल छ । भोपुरसम्म २ कि.मी. पिच र त्यस पछि १ कि.मी. ग्राभेल रहेको छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो चैनपुर हात्तिसारबाट – भोपुर दरवार । यस स्थानमा आउन सकिने अन्य दुई वटा बैकल्पिक बाटो यस प्रकार छ । बाजुरा जिल्लाबाट बझाङ्ग छान्ना हुँदै चैनपुरबाट भोपुर आई पुगिन्छ । डोटीबाट वझाङ्ग जिल्लाको घलाश हुँदै वझाङ्ग चैनपुरबाट भोपुर आइ पुगिन्छ । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुँदै १३ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ । यो स्थल पुरातात्विक स्थलको लागि प्रसिद्ध छ । यो दरवार प्राचिनकालका राजा भुपेन्द्र जङ्ग बहादुर सिहले निर्माण गरेका हुन । यस पुरातात्विक स्थलमा कुनै किसिमको जात्रा लाग्दैन । हाल भोपुर दरवारमा आर्मी व्यारेक र हात्तिसार दरवारमा जिल्ला प्रशासन कार्यालय रहेको छ भने भोपुर दरवार तिब्वतसंग जोडिएको सिमाना भएको कारण सुरक्षाको लागि व्यारेकको रुपमा प्रयोग भएको छ । यस स्थलमा बार्षिक सरदर १०,००० जना मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु छिमेकी जिल्ला र विदेशबाट समेत आउँदछन् । यो पहिलेका राजा बस्ने दरवार हो । हात्तिसार दरवार बझाङ्गी राजा देवीजंग बहादुर सिंहले वि.स. १९८४ सालमा स्थापना गर्नु भएको थियो । तत्कालीन अवस्थामा राजाले आफ्नो प्रयोजनको लागि बनाएको दरवारको भित्रि भुँई तल्ला एकदम आकर्षक रहेको छ । अहिले यो दरवारमा नेपाल सरकारको जिल्ला प्रशासन कार्यालय रहेको छ । अर्को दरवार भोपुर दरवार भने बझाङ्गी राजा भृ्पेन्द्र सिंहले वि.स. १८१२ सालतिर निर्माण गर्नु भएको हो । भोपुर दरवार अहिले आर्मीले प्रयोग गर्ने गरेको छ । बझाङ्गी राजाको मुख्य दरवार (कोट बेसी) अग्लो स्थानमा भएकोले जाडोको समयमा निकै ठण्डा हुने हुँदा न्यानो ठाउँ कमलतडो (चैनपुर) भएकोले यहाँ यो भोपुर दरवार बनाएका थिए । बझाङ्गी राजाले जाडो महिनामा यहाँ बसेर चैन (आराम) गर्न थाले । यो ठाउँको नाम कुमलतडोबाट चैनपुर भएको हो भन्ने स्थानीय बुढापाकाहरुको भनाई पाईन्छ । पछि यो दरवारलाई वि.स. १९८२ साल तिर वझाङ्गी राजा देवीजंग सिंहले तल्ला थपेर ठृ्लो बनाउनु भएको थियो । यस स्थलमा मानिसहरुले पुरातात्विक स्थलको रुपमा रहेको दरवार हेर्न र सुर्मा सरोवर जाने मृ्ल वाटो भएको र मानसरोवर जाने मुलबाटो पनि यहि चैनपुरबाट भएको कारण मानिस यस चैनपुर दरवारको भ्रमण गर्दछन् । तिनीहरु यस स्थानमा बास बस्दैनन् ।