उग्रतारा मन्दिर

उग्रतारा मन्दिर डडेल्धुरा जिल्ला अमरगढी नगर पालिका वडा नं. ८ डेहीमाडौमा पर्दछ । गरुण पुराण अनुसार यस मन्दिरको स्थापना करिव ५००० वर्ष पहिले भएको हो । यो स्थल डडेलधुरा जिल्ला सदरमुकामको अमरगढीबाट उत्तर दिशामा पर्दछ र त्यहाँबाट ५ कि.मि.टाढा छ । जिल्ला सदरमुकाम बाट यहाँ आउन गाडीबाट १०–१५ मिनेट र पैदल १ घण्टा ३० मिनेट समय लाग्दछ । यो सडकको बाटोको प्रकृति पिच छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बागबजार–तुफान डाँडा–किर्तिपुर–डगले–उग्रतारा मन्दिर हो । यस स्थानमा राउला–मेनगेटबाट पश्चिम तर्फ हिँडेर ( ३००–४०० मिटर) पनि आउन सकिन्छ । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुँदै ५ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ । यो धार्मिक स्थल उग्रतारा देवीको लागि प्रसिद्ध छ । यहाँ मानिसहरु भाकल पुरा हुने मनोकांक्षा लिएर आउँदछन् । यो स्थान कात्तिक शुक्ल पुर्णिमा, चैते दशैं, रामनवमी, जनै पूर्णिमा जात्राको लागि प्रसिद्ध छ । यी जात्रामा देवीको गाँथ (छाता जस्तो) लाई पुरा मन्दिरवरिपरी घुमाउने गरिन्छ । दशैंको अष्टमीकोदिन बलि दिइन्छ । मानिसहरुले यहाँ साउन, चैत्र र कात्र्तिक महिनामा बढी भ्रमण गर्दछन् । विभिन्न मेलामा बार्षिक सरदर ४ लाख मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु भारत, सुदुर पश्चिमका सबै जिल्लाहरुबाट र देशका अरु जिल्लाबाट स्थानबाट आउँदछन् । यस स्थलको (मन्दिर) को खास विशेषताहरु मन्दिरको क्षेत्रफल ठूला मन्दिरको बुट्टाहरु अत्यन्त राम्रो हुन । यस मन्दिरको उत्तरतिर बोकाको बलि दिईन्छ भने पूर्व पट्टी राँगाको बलि दिईन्छ ।