गोदावरी मन्दिर

गोदावरी मन्दिर कैलाली जिल्ला अत्तरिया नगरपालिका, वडा नं. ५, गोदावरी टोलमा अवस्थित छ । स्थानीय जानकारहरुको भनाई अनुसार यसको स्थापना परापूर्व काल देखि भएको हो । यसमा प्रत्येक १२ वर्षमा एक पटक ठृ्लो मेला लाग्दछ । यो मन्दिर कैलाली जिल्लाको सदरमुकाम धनगढी बाट उत्तर दिशामा पर्दछ र त्यहाँबाट ३६ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १ घण्टा र पैदल ३ घण्टा समय लाग्दछ । यो स्थलमा पुग्ने सडकको बाटोको प्रकृति पिच छ । जिल्लाको सदरमुकाम धनगढीबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो अत्तरिया, महाकाली राजमार्ग हुँदै ३५ मिनेटको समयमा गोदावरी मन्दिर पुगिन्छ । यहाँको मौसम सामान्यतया शितल छ । यो धार्मिक स्थल शिव, गणेश, विष्णु भगवानको साथै कुम्भ मेला जात्राको लागि पनि प्रसिद्ध छ । यहाँ १२ वर्षे कुम्भ मेला लाग्ने गर्दछ । यहाँ वनभोजको लागि आउनेहरु पनि प्रसस्त हुन्छन् । यस स्थानमा माघ महिनाको माघे संक्रान्ति तिथिमा मेला लाग्दछ । यस मेलाको समयमा लाखौंको संख्यामा विभिन्न ठाउँबाट श्रद्धालुहरु आउने गर्दछन् । यो पवित्र स्थलमा नुहाउँदा पाप मेटिन्छ भन्ने मान्यता छ । यो मेला अवधि १ महिनाको हुन्छ । यस अवधिमा विभिन्न पाठ, पूजा, व्रतवन्ध आदि कार्यहरु गरिन्छ । महिलाहरु १०–१२ दिन सम्म ब्रत बस्ने गर्दछन् । उक्त समयमा दैनिक करिव २० हजार जना र शनिवारको दिन ३०–४० हजार जना सम्म तिर्थालुहरु आउँछन् । यस स्थलमा बार्षिक सरदर एकलाख पचास हजार देखि २ लाख मानिसहरुले भ्रमण गर्दछन् । यी भ्रमण गर्ने मानिसहरु देशका विभिन्न स्थान र भारत देखि समेत आउँदछन् । यस स्थलको (मन्दिर) को खास विशेषता भनेको प्रत्येक १२ वर्षमा कुम्भ मेला लाग्ने र यहाँ स्नान गरेमा पाप पखालिन्छ भन्ने जन विश्वास हो ।