घटाल मन्दिर

घटाल मन्दिर डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ को चम्साल टोलमा अवस्थित छ । यो स्थल डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढीबाट पश्चिम दिशामा पर्दछ र यहाँ बाट ६ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँआउन गाडीबाट २०–२५ मिनेट र पैदल १ घण्टा समय लाग्दछ । यस स्थलमा पुग्ने सडकको बाटोको प्रकृति आइतबजार देखि घटाल मन्दिरसम्म ३ कि.मि.पिच र अरु धुले बाटो छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिनेमुख्य बाटो बागबजार–आइतबजार–घटाल मन्दिर हो । यस स्थानमा आउन सकिनेअन्य बेकल्पिक बाटो चिस्लिकोट–विखँवा–चमसाल–घटाल बाबा मन्दिर हो । यस स्थानमा आउन सकिने अन्य कुनै बेकल्पिक बाटो छैन । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुदै ५ घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ ।

यो धार्मिक स्थल घटाल बाबा भीमसेन पुत्र घटोत्कच लागि प्रसिद्ध छ । किनकी यसको दर्शन गरे पछि सोचेको कुरा पुरा हुने मान्यता राखिन्छ । यहाँ (१) बेशाख १ गते (२) वडा दशैं (३) कार्तिक शुक्ल चर्तुदशीमा मेला लाग्दछन् । यी मेलाहरु बैशाख, असोज र कार्तिक महिनामा लाग्दछ । यी जात्रा मध्ये बैशाख १ गते घटालको सम्पति (दौरो) आसिग्राम मन्दिरमा लगेर पुजा गर्ने, २ गते दौरोलाई घटाल थानमा ल्याएर मेला गरिन्छ । दशैंको परेवा तिथीमा दौरो आसिग्राम आश्रममा लगेर (९ दिनपुजागर्ने) र दशमीको दिन आसिग्राममा नै राखेर मेला गरिन्छ । चर्तुदशीको दिन दौरोलाई आशिग्राम लग्ने र पुजा गर्ने र पुर्णिमाको दिन घटाल थान ल्याएर मेला गर्ने गरिन्छ । मानिसहरुले बैशाख १ र २ गते तथा बडादशैं, कार्तिक शुक्लपक्षमा यस स्थानको बढी भ्रमण गर्दछन् । यस मन्दिरमा विशेष गरी शनिवार र मंगलबार दैनिक १०० जना भन्दा बढी तिर्थालुहरु जान्छन् यहाँ मेलाको बेला ६–७ हजार तिर्थालुहरुको जमघट हुन्छ । यस स्थलमा बार्षिक सरदर १० हजार भन्दा बढी मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु भारत नैनीताल देखि र सुदुर पश्चिमका सबै जिल्लाहरु र पृ्र्वको मेची देखि आउँदछन् ।