मेलौली भगवती मन्दिर

मेलौली भगवती मन्दिर बैतडी जिल्ला मेलौली गा.वि.स.वडा नं. ३ मेलौलीमा अवस्थित छ । जनश्रृति अनुसार यो मन्दिर १८ औं शताब्दी तिर निर्माण गरिएको हो । यो स्थल बैतडी जिल्लाको सदरमुकाम बैतडीबाट दक्षिण दिशामा पर्दछ र त्यहाँबाट ५५ कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन पैदल ५ घण्टा समय लाग्दछ । यहाँ पुग्ने सडक बाटोको प्रकृति पाटनसम्म पिच र त्यस पछि ग्राभेल छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो गोठालापानी, पाटन, सलेना, मेलौली हो । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अत्तरियाबाट महाकाली राजमार्ग हुदै १० घण्टा लाग्छ । यहाँको मौसम सामान्यतया चिसो छ । यो धार्मिक स्थल मेलौली देवीको लागि प्रसिद्ध छ । यहाँ मंसिर महिनाको पूर्णिमा तिथिमा जात्रा लाग्दछ । यस जात्रामा धेरै मानिसहरु भेला हुन्छन् र पुजा गर्छन् । जात्रामा राँगा र बोकाको बलि पनि दिन्छन् । यस स्थलको (मन्दिर) को खास विशेषता १३४ रोपनी क्षेत्रफलमा फैलिएको रमणिय स्थल, स्थानिय ढुङ्गाले बनाएको प्यागोडा सैलिको मन्दिर रहेको छ ।