लक्ष्मीनारायण मन्दिर

लक्ष्मीनारायण मन्दिर कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. १ एल.एन. चोक टोलमा पर्दछ । जानकार व्यक्तिहरुले उल्लेख गरे अनुसार यो मन्दिर वि.सं. २०१७ सालमा स्थापना भएको हो । यो स्थल कैलाली जिल्लाको सदरमुकाम धनगढी बसपार्कबाट पूर्व दिशामा पर्दछ र त्यहाँबाट ३०० मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन पैदल १० मिनेट समय मात्र लाग्दछ । यहाँ पुग्ने सडक बाटोको प्रकृति पिच छ । धनगढीबाट बसपार्क–वसन्तटोल हुँदै यस मन्दिरमा पुगिन्छ । महेन्द्र राजमार्ग–त्रिपुर–बेलादेवीपुर– नजरिया–वसन्तटोल हुँदै मन्दिर सम्म पुग्ने बैकल्पिक बाटो पनि छ । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अत्तरियाबाट महाकाली राजमार्ग हु दै करिव ४० मिनेट समय लाग्छ । यहाँको मौसम सामान्यतया गर्मी छ । यो धार्मिक स्थल लक्ष्मीनारायण भगवानको लागि प्रसिद्ध छ । यहाँ लक्ष्मि नारायणको पुजा हुने गर्दछ । कृष्ण जन्माष्टिमीको दिन महापुजा रथ यात्रा हुन्छ । यो स्थान कृष्ण जन्माष्टिमी जात्राको लागि पनि प्रसिद्ध छ । यो जात्रा कृष्ण जन्माष्टमी र रामनवमी तिथिमा लाग्दछ । यस जात्रामा रथ यात्रा हुने, भक्तजनहरुको भिड भाड हुने, यात्रीहरु (भक्तजनहरु) सबैलाई खाने बस्ने सुविधा दिइने र मध्यरातमा भगवानको जन्म उत्सव मनाइने गर्दछ । कृष्ण जन्माष्टिमीको दिन महिला र पुरुष दुवै उपवास (व्रत) बस्ने गर्दछन् । भजन किर्तन पाठ नाचगान जस्ता मनोरञ्जनात्मक क्रियाकलाप पनि हुने गर्दछ ।यो दिन यो धार्मिक स्थल निकै राम्रो संग सजाइएको हुन्छ र निकै रमणिय देखिन्छ । उक्त समयमा करिव एकलाख मानिस यहाँ जम्मा हुन्छन् तिर्थालुहरुले यस स्थानको बढी भ्रमण गर्ने समय भाद्र, असोज, कार्तिक महिना हुन । उनीहरुले कृष्ण जन्माष्टमी र रामनवमीमा यस ठाउँको दर्शन गर्दछन् । यस स्थलमा बार्षिक सरदर एकलाख पचास हजार मानिसहरुले भ्रमण गर्दछन् । ती भ्रमण गर्ने मानिसहरु देश भरी कै विभिन्न स्थानबाट विशेष गरी ब्राह्मण समुदायका भक्तजनहरु कैलाली र कञ्चनपुर जिल्ला बाट आउँदछन् ।