आर्थिक वर्ष २०७३/७४


आर्थिक, समाजिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक सूचना सहितको “हाम्रो सुदूरपश्चिम” Mobile App निर्माण

प्राय: सबैको हातहातमा मोबाइल रहेको परिप्रेक्षमा स्मार्टफोन प्रयोग गरिरहेका आम जनसमुदायहरुले आफ्नै हातमा भएको मोबाइल मार्फत “हाम्रो सुदूरपश्चिम” :यदष्भि ब्उउ हेर्न सक्ने गरी निर्माण गरिएको यस एप्लिकेशनले सुदूरपश्चिम क्षेत्रको आर्थिक, समाजिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक सूचनाहरु आफैले आफ्नै मोबाइलमा प्राप्त गर्न सक्ने हुदा क्षेत्रको महत्वपूर्ण जानकारी प्राप्तिका लागी उपयोगीे छ । एक पटक डावनलोड गरे पछि पुग्ने गरी निर्माण गरिएको यो एप्लिकेशन इण्टरनेटको सुविधा नभए पनि हेर्न मिल्ने हुदा निकै प्रभावकारी रहेकोछ । एउटा सानो उपकरणमा आफैले हेरेर समग्र सुदूरपश्चिम क्षेत्रको जानकारी प्राप्त गर्न सकिने हुँदा यस विषयमा सरोकार राख्न चाहने आम जनसमुदायहरु लागी यो निकै प्रभावकारी छ ।


उच्च शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षाको विकासका लागी सम्भाव्यता अध्ययन

यस क्षेत्रमा उच्च शिक्षा अध्ययनका लागी आवश्यक पूर्वाधार नभएको, प्राविधिक शिक्षाका लागी त झन कुनै ठोस कार्ययोजना समेत नरहेको अवस्थामा उच्च शिक्षा र प्राविधिक शिक्षा पढन चाहने विद्यार्थीहरुका लागी क्षेत्र वाहिर गएर पढनु पर्ने हुदा निकै खर्चिलो तथा झन्झटीलो छ । यस कारण यस क्षेत्रका विभिन्न जिल्लाहरु सम्भावयता अध्ययन गर्न आवश्यक देखिएकोले आ.व.०७३-७४ मा कञ्चनपुर जिल्लामा सम्भाव्यता अध्ययन गरिएकोछ । यस अध्ययनले उच्च शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षाको विकासका लागी आवश्यक पूर्वाधार रहेकाले कञ्चनपुर जिल्लामा उच्च शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षाका लागी शिक्षण संस्थाहरु स्थापना गर्न उपयुक्त देखिएकोले आगामी योजना तयार गर्दा सम्वन्धीत निकायलाई यो अध्ययनले सहयोग पुग्नेछ ।


७ नं.प्रदेशको पहिलो योजनाको खाका तयार गर्ने

सुदूरपश्चिम क्षेत्रको दीर्घकालिन र मध्यकालिन विकास योजना तर्जुमाका लागी पहिचान भएका विकासका विभिन्न १४ वटा विषयगत क्षेत्रको हालको वस्तुस्थिति र आगामी पाँच र पन्ध्र वर्ष भित्रको लक्ष्य निर्धारण गरी सो लक्ष्य हासील गर्न अपनाउनु पर्ने रणनिती, कार्यनीति र कार्य योजना तर्जुमा गरि सुदूरपश्चिम क्षेत्रको समग्र विकासको लागी आगामी सन २०२० सम्ममा राष्ट्रिय विकासको समानान्तरमा र सन २०३० सम्ममा सुन्दर सुदुरपश्चिमलाई समृद्ध सुदूरपश्चिममा रुपान्तरण गर्न गत आ.व.०७२-७३ मा यस आयोगले तयार गरेको सुदुर पश्चिम विकास क्षेत्रको समग्र आर्थिक सामाजिक विकास रणनीतिका आधारमा ७ नं.प्रदेशको पहिलो योजनाको खाका तयार गरिएकोछ । साथै प्रदेश योजनाको यो खाका अब बन्ने ७ नं.प्रदेश सरकारका लागी निकै उपयोगी हुने विश्वास लिइएकोछ ।


सुदुर पश्चिम क्षेत्रमा धार्मिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम ।

सुदुरपश्चिम क्षेत्रमा ९ वटै जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको विवरण नक्शामा झल्किने गरी क्षेत्रको विभिन्न ठाउँहरमा होडिङ्ग बोर्ड मार्फत पर्दशन गरिएकोछ । साथै धार्मिक पर्यटन लगायत अन्य आवश्यक विभिन्न जानकारी राखि ब्रोसर छपाई गरी वितरण गरिएकोछ । यस कार्यक्रमले सुदूरपश्चिम क्षेत्रमा भ्रमण गर्न इच्छुक आन्तरिक÷ वाह्य पर्यटकहरुलाई जानकारीमूलक सूचना प्राप्त हुनेछ । सामान्यतया पहुँच मार्ग, धार्मिक पर्यटकीय स्थलहरुको अवस्थिति, पर्यटकहरुको वसोवासका लागी उपयुक्त स्थान आदिको जानकारी समेत उपलब्ध हुनेछ । जसका कारण पर्यटकहरुको संख्यामा अभिवृद्धि हुदा आर्थिक गतिविधि वढन् जानेछ । यस कार्यक्रमले ७ नं.प्रदेशको समग्र धार्मिक तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेकोछ ।


सुदूरपश्चिम क्षेत्रमा विषयगत कार्यालयको प्रगति विवरण तथा अन्य विषय वारे विवरण तयार गरी अनलाइन रिर्पोटिङ्ग गर्ने सम्वन्धी डाटाबेश कार्यक्रम

भौगोलिक विकटता, समयमै स्थलगत निरिक्षणको परिपाटी कायम नहुनु, पर्याप्त जनशक्तिको अभाव, परमपरागत रिर्पोटिङ्ग सिस्टम आदिका कारणले क्षेत्रमा सञ्चालित विभिन्न आयोजना-परियोजनाहरुको अनुगमन प्रभावकारी हुन नस्कनुको साथै समयमा स्थलगत निरिक्षण प्रतिवेदन समेत आउन नसक्दा आयोजनाहरुको वास्तविक अवस्था पहिचान हुन नसकि योजना दिगो नहुने, समयमा योजना सम्पन्न नहुने, गुणस्तरियता कायम नहुने समस्या देखिएकोले क्षेत्रमा रहेको सम्पूर्ण विषयगत कार्यालयहरुको प्रगति विवरण तथा अन्य आवश्यक विवरण तयार गरी आफु वसेकै स्थानबाट कम्पयुटर सफ्टवेयरका माद्यमबाट इन्ट्री गर्ने वित्तिकै सरोकारवाला निकायहरुमा प्रगति विवरण आइपुग्ने र जिम्मेवार अधिकारीबाट तत्सम्वन्धमा अपनाउनु पर्ने आवश्यक कामकारवाही गरिनेहुदा यो कार्यक्रम प्रभावकारी रहेकोछ । यस कार्यक्रमले अनुगमन निरिक्षण प्रणाली लाई प्रभावकारी र छिटोछरितो बनाएकोछ ।


स्थानीय तहका
(गाउँपालिका÷नगरपालिका) सम्पूर्ण सूचना सहितको सामाजिक आर्थिक एट्लास निर्माण

७ नं.प्रदेशका ९ वटै जिल्ला अन्र्तगतका गाउँपालिका र नगरपालिकाको शिक्षा, स्वास्थय, जनसंख्या, वनजंगल, खनिज, नदि, सडक लगायतका सूचनाहरु नक्शामा देखिने गरी तयार गरि एट्लसका रुपमा प्रकाशन गरिएकोले क्षेत्र सम्वन्धि जानकारी राख्न चाहने र ७ नं.प्रदेशको भावी योजना तर्जुमामा संलग्न सरोकारवालाका साथै शिक्षक विद्यार्थी आम नागरिक सबैका लागी यो एटल्स उपयोगी रहेकोछ ।


सुदूरपश्चिम क्षेत्रमा व्याप्त अनौपचारिक भू–सम्वन्ध तथा भूमि अधिकार पद्धती सम्वन्धी अध्ययन

यस क्षेत्रमा रहेको अनौपचारिक भू–सम्वन्ध तथा भूमि अधिकार पद्धती सम्वन्धी अवस्थाको विश्लेषण गर्न कञ्चनपुर जिल्लालाई आधारमानी अध्ययन गरिएकोछ । यस अध्ययनबाट कञ्चनपुर जिल्लाको भू–उपयोग निती तर्जुमा गर्न महत्वपूर्ण सहयोग पुग्ने छ ।


कृषि, उर्जा तथा पर्यटन विकासका उतकृष्ट अभ्यासको स्थलगत अवलोकन

देशका अन्य भुभागमा रहेका कृषि, उर्जा तथा पर्यटन विकासका उतकृष्ट अभ्यासको स्थलगत अवलोकन भ्रमणको सिलसिलामा पूर्वि नेपालका इलाम लगायतका जिल्लामा स्थलगत भ्रमण गरी चिया, अदुवा, अलैची खेती सम्वन्धी स्थलगत अवलोकन गरियो । समान किसिमको हावापानी रहेका ७ नं.प्रदेशका विभिन्न जिल्लाहरुमा यस्तै किसिमको खेती हुन सक्ने देखिन्छ । यो अवलोकन भ्रमणले ७ नं.प्रदेशमा यस सम्वन्धी सम्भाव्यता अध्ययनका लागी योजना तर्जुमा गर्न सहयोग पुग्नेछ ।


खप्तड क्षेत्रको पर्यटन प्रर्वद्धनका लागी डकुमेन्ट्री निर्माण र आम सञ्चारका माद्यमबाट प्रशारण

७ नं.प्रदेशको धार्मिक पर्यटकीय महत्व बोकेको खप्तड क्षेत्रमा रहेको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलहरुको छायाङ्कन गरी वृत्तचित्र निर्माण गरिएको र उक्त सामाग्री राष्ट्रिय प्रशारण नेपाल टेलिभिजन मार्फत प्रशारण गरिएकोछ । यस डकुमेन्ट्री निर्माण तथा प्रशारणले खप्तडको महत्व अझै थप उचाईमा पुग्नुका साथै पर्यटक प्रवद्र्धनमा टेपा पुर्याउदै राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा खप्तड क्षेत्र चिनाउन मद्दत पुगेकोछ ।


सुदुर पश्चिम क्षेत्रका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रशार कार्यक्रम ।

यस कार्यक्रम अन्र्तगत सुदुर पश्चिम क्षेत्रका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुको शब्दचित्र तथा वृतचित्र तयार गरी ७ नं.प्रदेशका ८ वटा एफएम रेडियो र राष्ट्रिय स्तरका ५ वटा टेलिभिजनबाट प्रशारण गराईएकोछ । यस कार्यक्रमले सुदूरपश्चिम क्षेत्रको धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।


भूउपग्रह चित्रको सहायताबाट प्राकृतिक श्रोत साधनहरुको नक्शाङ्कन, विश्लेषण तथा योजना तर्जुमा

यस कार्यक्रम अन्र्तगत ७ नं.प्रदेशका बाजुरा र बझाङ्ग जिल्लाको भूउपग्रह चित्रको सहायताबाट प्राकृतिक श्रोत साधनहरुको नक्शाङ्कन तथा विश्लेषण गरिएकोछ । उक्त विश्लेषणका आधारमा दुवै जिल्लाको सामाजिक आर्थिक अवस्था पहिचान गएिकोछ । साथै प्राप्त विश्लेषणका आधारमा बाजुरा र बझाङ्ग जिल्लाको योजनाको खाका तयार भएकोछ ।


भूमि अधिकारबाट वञ्चित मुक्त कमैया, हलिया, कम्लरी र बादी समुदायको जीवनस्तर उकास्ने सम्वन्धी अवस्था विश्लेषण

७ नं.प्रदेश अन्र्तगतका विभिन्न जिल्लामा अति नै विपन्न र कष्टकर जीवनयापन गर्न वाध्य कमैया, हलिया, कम्लरी र बादी समुदायकोे सामाजिक आर्थिक अवस्था विश्लेषण गरी यिनीहरुको जीवन कसरी माथि उकास्न सकिन्छ भन्ने विश्लेषणात्मक अध्ययन भएकोछ । यस विश्लेषणबाट प्राप्त सुझावका आधारमा मुक्त कमैया, हलिया, कम्लरी र बादी समुदायको लागी भावी योजना तर्जुमामा सहयोग पुग्नेछ ।


सुदूरपश्चिमक्षेत्रका महिलाहरुको शसक्तिकरणका लागी जनचेतना अभिवृद्धि कार्यक्रम

सुदूरपश्चिमक्षेत्रका महिलाहरुको अवस्था अति नै दयनीयछ । महिला हिंसा, जातीय भेदभाव, विभिन्न कुप्रथा व्याप्त छन् । महिलाहरु विभिन्न अधिकारबाट वञ्चित छन् । प्राप्त अधिकारको वारेमा समेत प्राय :अनभिज्ञ छन् । यि र यस्तै कतिपय अवस्थाबाट अन्मुक्त गर्न महिलाहरुको शसक्तिकरण आवश्यक देखिएकोले एकल महिला, हिंसा पिडित महिला, दलित महिला, आमा समूह र विभिन्न समूहमा आवद्ध महिलाहरु लाभान्वीत हुने गरी जनचेतनाका लागी तालिम कार्यक्रम आयोजना गरिएकोछ ।


७ नं. प्रदेश अन्र्तगतका विभिन्न सरोकारवालाहरु (राजनैतिक दल, जनप्रतिनिधि, जिल्ला स्थित कार्यालय, क्षेत्रीय कार्यालय, आयोजना, परियोजना, गैसस÷अगैसस, पत्रकार, नागरिक समाज, वुद्धिजीवी आदि) विच परामर्श तथा अन्र्तक्रियात्मक कार्यक्रम

सुदूरपश्चिम क्षेत्रमा रहेका विकासका अवसर र सम्भावनाहरुको पहिचान गरि उपलब्ध श्रोत साधनहरुको सन्तुलित रुपमा अधिकतम परिचालनबाट सामाजिक, आर्थिक एवं मानविय विकासको दृष्टिले आत्मनिर्भर, गतिशिल तथा विकासोन्मुख क्षेत्रको रुपमा अघि बढाउने सन्दर्भमा विभिन्न सरोकारवाला व्यक्ति र निकायहरु विच जिल्ला स्तर, क्षेत्रीय स्तरमा गोष्ठी समपन्न भएकाछन् ।


सुदूरपश्चिम विकास आयोगको कार्यसञ्चालन कार्यविधि निर्माण

सुदूरपश्चिम विकास आयोग लाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न विभिन्न सरोकारवालाहरु संग छलफल गरी सुदूरपश्चिम विकास आयोगको कार्यसञ्चालन कार्यविधि तयार गरिएकोछ ।