आर्थिक वर्ष २०७२/७३



दिपायल एयरपोर्ट पुनः संचालन सम्बन्धि अध्ययन कार्य

सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाममा रहेको विमानस्थल यात्रुको चाप, धावन मार्ग लगायत भौतिक पूर्वाधारको दृष्टिकोणबाट सञ्चालन गर्न सकिने अवस्था रहेको । तर उक्त विमान स्थलका Control Room, Radar Control Room, Radar लगायतका अन्य प्राविधिक पूर्वाधारहरुको स्तरोन्नती तथा अवस्था सुधार गरी तत्काल सञ्चालन गर्नु पर्ने । स्थानीय कर्मचारी, व्यापारी, पर्यटन व्यवसायी, उद्योगीहरु लगायतको माग पनि उक्त विमान स्थल सञ्चालन हुनु पर्ने नै देखिएकोले काठमाण्डौबाट नेपालगञ्ज वा धनगढी Stop Over गरी दैनिक १ उडान शुरु गर्न सकिने अवसर हुदा तत्काल उक्त कार्य शुरु गर्नु पर्ने ।


गोकुलेश्वर कृषि क्याम्पस र सेती प्राबिधिक शिक्षालयको विस्तार तथा विकास सम्बन्धि अध्ययन कार्य ।

सुदूरपचिमकै सवै भन्दा पुरानो प्राविधिक शिक्षालयको अपेक्षाकृत र समयानूकूल विकास, विस्तार र स्तरोन्नती हुन नसकेको । शिक्षलयको कारण कृषि, स्वास्थ्य र इन्जिनियरिंग क्षेत्रमा दक्ष प्राविधिक उत्पादन भै यस क्षेत्रका युवाहरुले रोजगार प्राप्त गरी आर्थिक उन्नती भएको हुदा यस लाई थप अन्य विधामा विस्तार गरी भौतिक पूर्वाधार प्राविधक यस उपकरण लगायत सुविधा र क्षमता विस्तार गरी सञ्चालन गर्नु ।
गोकुलेश्वर कृषि क्याम्पसको विकासको राम्रो सम्भावना देखिए पनि हाल भौतिक पूर्वाधारको अवस्था साह्रै नाजुक रहेको । शिक्षलय सम्मको पहँच मार्ग, प्रशाशन तथा शैक्षिक भवन, छात्रावास, प्रयोगशाला, पुस्तकालय, कृषि फार्म लगायत अध्यापनमा संलग्न जनशक्तिको अपर्याप्तता र आर्थिक अभावका कारण दीगो रुपमा सञ्चालनमा कठीनाई देखिएको । तर स्थानीय समुदायको उत्कृष्ट सहभागिता लगाव स्थानीय आवश्यकता, विद्यार्थीको चाप आदि हेर्दा सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध भएमा यसले ठूलो फड्को मार्न सक्ने सम्भावना रहेकोले सरकारले उपयुक्त निकाय मार्फत आवश्यक सहयोग गरी सञ्चालन गर्नु पर्ने ।


सुदुरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास सम्बन्धि गुरुयोजना तयार गर्ने कार्य ।

सुदूरपश्चिम क्षेत्रमा रहेका विकासका अवसर र सम्भावनाहरुको पहिचान गरि उपलब्ध श्रोत साधनहरुको सन्तुलित रुपमा अधिकतम परिचालनबाट सन् २०२२ सम्ममा यस क्षेत्रलाई समग्र राष्ट्रिय विकास प्रवाहको समान स्तरमा पु¥याई सामाजिक, आर्थिक एवं मानविय विकासको दृष्टिले आत्मनिर्भर, गतिशिल तथा विकासोन्मुख क्षेत्रको रुपमा अघि बढाउने सन्दर्भमा १३ औें त्रिवर्षीय योजनाको आधारपत्र अनुरुप सुदूरपश्चिम विकास क्षेत्रको विकास नीति तयार भएको ।


क्षेत्रको दिर्घकालिन विकास नीति, योजना, रणनीति एवं प्राथमिकता सम्वन्धी अवधारणापत्र तयारी ।

क्षेत्रको दिर्घकालिन विकास नीति, योजना, रणनीति एवं प्राथमिकता सम्वन्धी अवधारणापत्र तयार भै सोही आधारमा क्षेत्रको दिर्घकालिन विकास नीति, योजना, रणनीति एवं प्राथमिकता निर्धारण गरिएको ।


आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O & M Survey)

आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O & M Survey) गराए पश्चात सोही अनुसार आयोगको संगठन संरचना तयार गरी व्यवस्थापन गरिएको ।


क्षेत्रको विकास नीति र योजना तर्जुमा सम्वन्धी परामर्श गोष्ठी ।

सुदूरपश्चिम क्षेत्रका ९ वटै जिल्लाहरुमा सम्वन्धित जिल्लाका सरोकारवालाहरु विच योजना तर्जुमा तथा कार्यक्रम कार्यान्वयन सम्वन्धि परामर्श गरिएको ।