प्रस्तावित कार्य

प्रस्तावित कार्यक्रम

  • संघीय संरचनामा सु.प.को दीर्घकालीन विकासको सोच निर्माण तथा  आयोगको  संरचनागत सुधारका सम्बन्धमा सरोकारवालाहरुसंग छलफल, अन्तक्र्रिया
  • सुदुरपश्चिमाञ्चल क्षेत्रको समग्र प्राकृतिक र मानवीय श्रोत, साधन र सम्भाव्यताको गहन अध्ययन एंव पहिचान गरी त्यस क्षेत्रको समग्र विकासका लागि (समस्या र समाधान सहित ) सुझाव प्रतिवेदन तयार गरी जारी गर्ने
  • भूउपग्रह चित्रको सहायताबाट भूूमिश्रोत लगायतको पहिचान, विश्लेषण तथा नक्साकंन
  • सुदूरपश्चिम क्षेत्रको कुनै एक पर्यटकीय स्थलको विस्तृत पर्यटकीय नक्सा तयार गर्ने
  • पर्यटन विकास र पर्यटकीय सम्भावना बोकेका थप स्थानहरुको अध्ययन ।
  • स्थानीय उत्पादन प्रवधन तथा विकास सम्बन्धी अध्ययन
  • मुक्त कमैया, हलिया कम्लरी र बादी समुदायको जीवनस्तर उकास्ने सम्बन्धी अवस्था विश्लेषण
  • सु.प.क्षेत्रको सांस्कृतिक, सामाजिक र आर्थिक जीवन र पर्यटकीयक्षेत्र झल्कने गरी प्रदर्शनीमा सहभागीता
  • राष्टियस्तरका सञचारकर्मीहरुका लागि सुदूरपश्चिमको स्थलगत अवलोकन भ्रमण
  • सु.प. क्षेत्रको धार्मिक/पर्यटकीय क्षेत्रको प्रवद्र्धन, स्वास्थ्य, शिक्षा, कृषिको विकासका लागि ९ जिल्लामा रहेका पत्रपत्रिका तथा एफएम रेडियोमार्फत श्रृंखलावद्ध रेडियो सन्देश वा कार्यक्रम निर्माण र प्रसारण
  • अध्ययन अनुसन्धानसंग सम्बन्धित स्थानीय तथा अन्य प्रतिष्ठित संस्थाहरुसंग समसामयीक विषयमा गोष्ठी अन्तक्र्रिया अध्ययन तथा छलफलको लागि सहकार्य गर्ने