घोडाघोडी ताल

घोडाघोडी ताल कैलाली जिल्ला घोडाघोडी न.पा. वडा नं. १ को घोडाघोडी टोलमा अवस्थित छ । यो स्थल कैलाली जिल्लाको सदरमु काम धनगढीबाट पृ्र्व दिशामा पर्दछ । र त्यहाँबाट ७० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट १ घण्टा ३० मि. समय लाग्दछ । यहाँ पुग्ने सडक बाटोको प्रकृति पिच छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो धनगढी– त्तरिया–महेन्द्र राजमार्ग–श्रीपुर–चौमाला–मसुरिया हुँदै घोडाघोडी तालमा पुगिन्छ । यस तालमा पुग्ने अन्य बैकल्पिक बाटा छैन । यस ताल पुग्न कैलाली जिल्लाको अतरियाबाट महेन्द्र राजमार्ग हुदै १ घण्टा लाग्छ । यहाँको मौसम सामान्य तया गर्मी (तातो) छ । यो ताल प्राकृतिक दृष्यावलोकनको लागि प्रसिद्ध छ । यहाँ पर्यटकहरु घुम्न, विवाहको लागि र जलप्राणी र बनस्पतिको अनुसन्धान गर्न आउँदछन् । यहाँ दैनिक ८०–१०० जना सम्म मानिसहरु घुम्न आउने गरेको पाईन्छ । यहाँ माघे संक्रान्तिमा ठृ्लो मेला लाग्ने गर्दछ । ती भ्रमण गर्ने मानिसहरु ७५ वटै जिल्लाका विभिन्न स्थानबाट आउँदछन् ।