वेदकोट ताल

बेदकोट ताल कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका वडा नं. १८ मा अवस्थित छ । स्थानिय व्यक्तिहरुले यो तालको स्थापना बारे आफुलाई कुनै पनि जानकारी नभएको बताउँदछन् । यो स्थल कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्र नगरबाट बाट उत्तर दिशामा पर्दछ । र यहाँबाट २० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन गाडीबाट जम्मा १ घण्टा र पैदल४ घण्टा समय लाग्दछ । यस स्थलमा पुग्ने सडक बाटोको प्रकृति १३ कि.मि. पिच र ७ कि.मी. ग्राभेल छ । महेनद्रनगर बजारबाट यहाँ आउन महेन्द्रनगर–भासि– लालपुर–सुडा हुँदै दैजिबाट वेदकोट ताल पुगिन्छ । य स्थानमा पुग्न सकिने यो बाहेक अन्य बैकल्पिक बाटो छैन । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महेन्द्र राजमार्ग हुँदै करिव ४८/५० कि.मि. दुरी पार गर्नु पर्दछ । यहाँको मौसम सामान्यतया शितल, चिसो छ ।