सुर्मा सरोवर ताल

सुर्मा सरोवर ताल, बझाङ्ग, जिल्ला, सुर्मा गा.वि.स., वडा नं. ७ को सुर्मा टोलमा रहेको छ र यो ताल धेरै वर्ष पुरानो हो भन्ने स्थानियको भनाई रहेको छ । यो स्थल बझाङ्ग जिल्लाको सदरमुकाम चैनपुरबाट उत्तर दिशामा पर्दछ र त्यहांबाट ३० कि.मि. टाढा छ । जिल्ला सदरमुकामबाट यहाँ आउन सुर्मा गा.वि.स. भाडाको गाडी लाग्दछ र त्यहाँबाट ४ घण्टा लाग्दछ त्यहाँबाट सुर्मा ताल १ दिनको पैडल यात्रा पछि ताल पुगिन्छ । यस स्थलमा पुग्ने सडक बाटोको प्रकृति धुले, ढुङ्गे र गोरेटो छ । जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो चैनपुर सदरमुकामबाट दौलीचौर–सुर्मा– धोहडा– पटयुरो–लुमण्डा– डौलो चौर– थकन डाडा– पाङ्गनजडो (सुर्मा मन्दिर) हो । यस स्थानमा आउन सकिने अन्य बेकल्पिक बाटो छैन । यस जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अतरियाबाट महाकाली राजमार्ग हुँदै १३ देखि १५ घण्टा गाडीमा र त्यस पछि पैदल २ दिन लाग्दछ । यहाँको मौसम धेरै जाडो छ । यो धार्मिक स्थल सुर्मा देवीको लागि प्रसिद्ध छ । सुर्मा देवीको भक्तिभावको लागि मानिस यहाँ आउँछन् । यो स्थानमा साउन  एकादशी  मेला लाग्छ । यस तीर्थ स्थलमा जानेले, सफा, शाहाकारी भोजन र अनिवार्य ब्रहचारी नियम पालन गर्नु पर्दछ ।  लसुन प्याज  र  भात  खान निषेध छ । सुर्मा मन्दिर र सुर्मा  तालखाली खुटृा हिड्नु पर्ने र यात्रा गर्दा छाता बोक्नु पाउने तर रेनकोट नपाउने, कुनै पनि टर्च लाइट/दियो बाल्न नपाउने अर्थात नहुने मान्यता छ । यस पश्चात चैनपुरबाट यात्रा शुरु हुने दिन घोगाडा  भन्ने  ठाउँ पुग्नु  पर्ने र त्यही बसेर पुजा आजा गर्नु पर्ने नियम छ । दोस्रो दिन नुहाई धुवाई गरेर पटयुरी, लुमण्ड, दौलीचौर हुँदै पाङ्गड जडो पुग्नु पर्छ । यहाँ सुर्मा देवी मन्दिरमा पुजा आजा गर्ने र तेस्रो दिन फेरी नुवाई धुवाई  गरेर  सुर्मा ताल  जाने उत्तर तर्फ ठाडो उकालो बाटो र त्यहाँ पुगेर तालमा पुजा गर्ने गरिन्छ । चौथो दिन  विहान  फर्कने र  पाङ्गडजडो पुगेर मात्र चपल जुत्ता चपल लगाउने अनि फर्कने गरिन्छ । उक्त समयमा करिव २००० जना मानिस यहां हुन्छन् । यस स्थलमा बार्षिक सरदर ४००० देखि ५००० मानिसहरुले   भ्रमण गर्दछन् ।  ती भ्रमण गर्ने मानिसहरु नेपालका ७५ जिल्लाका हिन्दु, भारतका हिन्दु तीर्थालुहरु र कहिले काँही विदेशबाट समेत पर्यटक आउँने गर्दछन् । यस स्थल (मन्दिर) को खास विशेषता भनेको प्राकृतिक सुन्दरता, शुद्ध ठाउँ र यसको दर्शन गरेपछि मनोकामना पुरा हुने विश्वास हो ।