सुचना

परिचय

सामाजिक विभेद र श्रोत साधनको असमान र असन्तुलित वितरण तथा केन्द्रिकृत शासन प्रणालीका कारण सुदूरपश्चिम क्षेत्र विकासको राष्ट्रिय मूल प्रवाहबाट टाढा रहि आएकोछ । भौतिक पूर्वाधार विकास, सामाजिक विकास र आर्थिक समृद्धिका दृष्टिले पछाडी परेको सुदूरपश्चिम क्षेत्रको सर्बाङ्गीण एवं दिगो बिकासका लागी विकास नीति तथा योजना तर्जुमा गरि शिघ्र कार्यान्वयनमा प्रमुख भूमिका खेल्न अधिकार सम्पन्न आयोग स्थापना गर्नु पर्ने सुदूरपश्चिमेली जनताहरुको पटक पटकको माग लाई सम्वोधन गर्न र यो क्षेत्र मानव विकास सूचकांकमा निकै पछि रहेको सन्दर्भ समेत मध्येनजर गरी सुदूरपश्चिम विकास आयोगको गठन गरिएको हो ।

आयोग गठन हुदाका बखत सुदूरपश्चिम विकास क्षेत्रका ९ वटा जिल्लाहरु मध्ये विभिन्न दृष्टिले पछाडी रहेका हिमाली र पहाडी ७ वटा जिल्लाहरु (दार्चुला, बैतडी, बझांग, डडेल्धुरा, डोटी, अछाम र बाजुरा) समेटेर आयोगको कार्य क्षेत्र निर्धारण गरिएकोमा २०७१ सालमा उक्त कार्यक्षेत्रमा दुई जिल्ला (कञ्चनपुर र कैलाली) थप गरी आयोगको कार्य क्षेत्र विस्तार गरिएको छ ।

सुदुर पश्चिम विकास आयोग स्थापनाको मूल उद्देश्वय भनेको यस क्षेत्रको विकासको सम्भावना र अवसरलाई मध्य नजर गरी अल्पकालिन, मध्यकलिन र दीर्धकालिन योजनाको तर्जुमा, अनुगमन र मूल्याङ्कन गर्ने हो । यस क्षेत्रको समग्र आर्थिक एवं सामाजिक विकसका लागि क्षेत्रगत निति तर्जुमा, अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक श्रोत र साधनको आंकलन गर्दै निति निर्माणका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिनु हो । नेपाल सरकारका विभिन्न निकायहरुसँग समन्वय गरी वार्षिक विकास कार्यक्रमका लागि बजेट सिमा निर्धारण गर्ने, विभिन्न विकास आयोजनाको कार्यान्वयन र प्रतिफलको समिक्षा गरी नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने लगायतका कार्यहरु यस आगोगले गर्दै आएको छ । त्यस्तै क्षेत्रको विकाससँग सम्बन्धित विकास आयोजनाहरुको प्रस्तावमाथि मूल्याङ्कन, स्वीकृति तथा निर्देशन दिने काम यस आयोगको रहेको छ ।

श्री जनकराज जोशी

निमित्त कार्यकारी निर्देशक

 ०९४-४४०३८६

 ९८५११५०७००

 janakrajjoshi@gmail.com

भोजराज भट्ट

शाखा अधिकृत

 ०९४-४४०४८१

 ०९४-४४०४८१

 bhattbraj@gmail.com

स्थानिय आकर्षण

खप्तड राष्ट्रिय निकुन्ज

सुदुर पश्चिम विकास क्षेत्रको प्रमुख प्राकृतिक सम्पदा रुपमा रहेको यस खप्तड राष्ट्रिय निकुन्ज सन् १९८४ सालमा स्थापना भएको हो । २२५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस निकुन्ज सुदुर पश्चिम क्षेत्रको एकमात्र राष्ट्रिय ...थप पढ्नुहोस्

शैलेश्वरी मन्दिर

शैलेश्वरी मन्दिर डोटी जिल्ला सिलगढी दिपायल नगरपालिका वडा नं. १ शैलेश्वरीमा अवस्थित छ । स्थानियहरुले भने अनुसार यो मन्दिर करिव ५०० – ६०० वर्ष पहिले स्थापना भएको हो । यो स्थल डोटी ...थप पढ्नुहोस्

बझाङ्ग राजाको दरवार

बझाङ्गी राजाको कोट (दरबार), बझाङ्ग जिल्ला, व्यासी गा.वि.स., वडा नं. ५ को व्यासी टोलमा पर्दछ । स्थानिय जानकारहरुले बताए अनुसार यस दरवारको स्थापना बझाङ्गी राजा जय पृथ्वी बहादुर सिंहले गरेको हुन ।यो ...थप पढ्नुहोस्

घोडाघोडी ताल

घोडाघोडी ताल कैलाली जिल्ला घोडाघोडी न.पा. वडा नं. १ को घोडाघोडी टोलमा अवस्थित छ । यो स्थल कैलाली जिल्लाको सदरमु काम धनगढीबाट पृ्र्व दिशामा पर्दछ । र त्यहाँबाट ७० कि.मि. टाढा छ ...थप पढ्नुहोस्